sevenstartv.com ६ पुष २०८२, आइतवार

पत्रकार विजय चालिसेको निधन

१६ जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको हो । 

जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी केही समयदेखि बिरामी भएर उपचाररत रहेका थिए ।

चालिसेको शुक्रबार नै गोकर्णमा अन्त्येष्टि गरिने बताइएको छ ।  आमसञ्चार तथा पत्रकारिताको अध्यापन समेत गर्दै आएका चालिसेका आमसञ्चार र  पत्रकारिता सम्बन्धी र साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्