विनयी खोलाको ‘डाइभर्सन’ बगाउँदा नारायणघाट-बुटवल सडक अवरुद्ध, एउटा पिकअप भ्यान बगायो
काठमाडौं । नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढीले तरकारी बोकेको एउटा पिकअप भ्यानसमेत बगाएको छ ।
भ्यान बाढीले भत्काएको सडकमा फसेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत चोरमारा र दुम्कीवासमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको प्रहरीले जनाएको छ ।
चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएपछि अहिले वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ ।

.gif)