बिच्छिको टोकाइबाट एक बालिकाको मृत्यु
काठमाडौं । मकवानपुर जिल्लाको बकैया गाउँपालिका-७ मैनाटारमा बिच्छिले टोकेर एक बालिकाको मृत्यु भएको छ । बुधबार साँझ करिब ६ बजे वीरबहादुर वाइवाकी अन्दाजी ८ वर्षीया छोरी अस्मिता वाइवालाई आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा बिच्छिले टोकेको थियो ।
टोकेको २० घण्टा पछि दिउँसो करिब २ बजेदेखि सास फेर्न समस्या देखिएपछि उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उपचारका क्रममा राति ८ बजे अस्मिताको मृत्यु भएको जनाइएको छ ।
बालिकाको शव हाल हेटौंडा अस्पतालमै राखिएको छ।

.gif)