sevenstartv.com ६ पुष २०८२, आइतवार

कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

१४ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

विज्ञहरूले यो भूकम्पलाई मध्यम प्रकृतिको भूकम्प मानेका छन्। उनीहरूका अनुसार भूकम्पको उत्पत्तिको गहिराइ र केन्द्रविन्दुका आधारमा यसको थप अध्ययन भइरहेको छ ।

साथै भूकम्पबाट सजग रहन र अनावश्यक त्रास फैलाउन अनुरोध गरिएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्