शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु
काठमाडौं । मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ ।
इच्छाकामना गाउँपालिका-४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको मृत्यु भएको हो ।
प्रहरीका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारार्थ इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । शव परीक्षणका लागि भरतपुर अस्पतालतर्फ लगिएको छ।

.gif)