sevenstartv.com ६ पुष २०८२, आइतवार

विपद् न्युनिकरण तथा व्यवस्थापनका लागि देशभर अभियानकै रुपमा स्वयंसेवक खटाउँछौँ : कार्यकारी निर्देशक भट्ट

११ जेठ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् न्युनिकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा अघि बढाइएको बताएका छन् । 

आइतबार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभुत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अभियानकै रुपमा अहिलेसम्म विपद् व्यवस्थापनका लागि स्वयंसेवक नखटाइएको र विपद्को क्षति न्युनिकरणका लागि यस पटकदेखि सरकारले काम थालेको उल्लेख गरे । 

उनले विपद्को समयमा स्वयंसेवकको भुमिका महत्वपूर्ण हुने बताए । विपद्को बेलामा तीन तहकै सरकारसँग समन्वय गरेर काम गरेमात्रै सफलता प्राप्त हुने उल्लेख गरेका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्