मादीमा जीप खस्दा तीन जनाको मृत्यु, दुई घाइते
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-३ र ४ जोड्ने मादी नदी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप शनिबार राति करिब साढे ११ बजे पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा व्यास(५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरूको दमौली अस्पतालमा मृत्यु भएको हो ।
घाइतेहरूको उपचार दमौली अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । जीपमा पाँच जना सवार थिए। घाइतेमध्ये एक जना गम्भीर छ भने चालक सामान्य रहेका छन् । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण ९ई०, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए।

.gif)