sevenstartv.com ६ पुष २०८२, आइतवार

कान्तिलोकपथ सडक अबरुद्ध

१० जेठ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक शुक्रबार रातिदेखि अबरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र खुलाउने पहल भइरहेको प्रहरीले बताएको छ । कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा-काठमाडौं आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्