sevenstartv.com १९ असार २०८३, शुक्रवार

रूकुम पश्चिममा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

९ जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । रूकुम पश्चिममा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका-३ मा विद्युतको पोलमा चढेर लाइन मर्मत गर्ने क्रममा गएराति साढे १० बजे करेन्ट लागेर रूकुम पूर्व सिस्ने गाउँपालिका-३ का २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको हो । 

विद्युत प्रशारण रोकिएपछि पोलमा चढेर लाइन बनाउने क्रममा करेन्ट लागेर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत खड्काको शव पोष्टमाटमका लागि अहिले जिल्ला अस्पताल सल्लेमा राखिएको र आवश्यक प्रक्रिया पुर्‍याएर आफन्तलाई बुझाउने तयारी रहेको प्रहरीको भनाइ छ। 

यो पनि पढ्नुहोस्