sevenstartv.com ६ पुष २०८२, आइतवार

‘मनसुनजन्य क्षति न्युनिकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी’

८ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपालमा विगत १० वर्षमा मनसुनजन्य ८ हजार ४ सय ४१ घटना भएकका छन् ।

बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले यसबारेमा जानकारी गराएका हुन् । 

मनसुनजन्य विपद्का कारण विगत १० वर्षमा बाढीका १ हजार ६ सय २ वटा घटना भएका छन् । त्यस्तै पहिरोका २ हजार ८ सय ४०, भारी वर्षाका १ हजार ५ सय ९७, चट्याङका घटनाहरु पनि बढेर गएको बताए । विगत १० वर्षमा चट्याङका २ हजार ४ सय घटनाहरु रहेको बताए । यस वर्ष गत वर्षको भन्दा बढी पानी पर्ने र तातो पनि सरदर भन्दा बढी हुने बताएका छन् । 

यस वर्ष गत वर्षको भन्दा बढी प्रताडित हुनसक्ने आँकलन रहेको र सोहीअनुसार पूर्वतयारीको काम गरिरहेको बताए । मनसुनजन्य क्षति न्युनिकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको पनि बताए । सबै काम संघबाट गर्न नसकिने भन्दै स्थानीय तहलाई उसको जिम्मेवारी दिनुपर्ने बताएका हुन् । स्थानीय तहको क्षमता विकास गर्न पनि जरुरी रहेको बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्