चितवनमा चट्याङ लागेर एक जनाको मृत्यु
काठमाडौं । चितवनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो चट्याङ लागेर पहाडी भेग इच्छाकामना गाउँपालिका–१ क्याङसिराङ बस्ने वर्ष ५१ का बिरु चेपाङको मृत्यु भएको हो ।
बिरुसङ्गै रहेका ३२ वर्षका भतिज दिलबहादुर चेपाङ भने घाइते भएका छन् । उनीहरू बाटोमा हिडिरहँदा चट्याङ परेको थियो । मृतक बिरुलाई पोस्टमार्टम र घाइतेलाई उपचार गर्न आज बिहान करिब ३ बजे भरतपुर अस्पताल पुर्याइएको थियो।

.gif)