sevenstartv.com ६ पुष २०८२, आइतवार

यार्सा संकलन गर्न गएका युवकको मृत्यु

८ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । यार्सा संकलनका लागि डोल्पा पाटनमा गएका जुम्लाका एक युवकको मृत्यु भएको छ । जुम्लाको गुठीचौर गाउँपालिका–१  मणि साँघुका भीमबहादुर बोहराको बुधबार लेक लागेर मृत्यु भएको हो । 

डोल्पाको जगदुल्ला गाउँपालिका(१ जगदुल्ला मध्यवर्ती पाटनमा गएका वेला उनलाई लेक लागेको बताएको छ । लेक लागेर बिरामी भएपछि घर ल्याउँदै गर्दा गुठिचौर गाउँपालिका १ लेकस्थित बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यार्सा सङ्कलनका लागि डोल्पा पाटन जेठ ५ गते खुलेको थियो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्