sevenstartv.com ६ पुष २०८२, आइतवार

काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

७ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ ।

आज बिहान लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन्  । ग्याँस लिग भई आगलागी हुँदा क्यान्टिनमा रहेका सामान जलेर नष्ट भएको सशस्त्रका छन् ।  यस आगलागीमा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

आगलागीको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं २४ बाघभैरव गुल्म काठमाडौंबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपाने र काठमाडौंं महानगरपालिका वारुणयन्त्र कार्यालय न्यूरोडबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमान्डमा सुरक्षा फौज खटिएको थियो । 

आगो बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्