sevenstartv.com १ पुष २०८२, मङ्गलवार

थाइल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

६ जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

टेर्डथाइ क्रिकेट मैदानमा नेपाकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङको निर्णय लिइन् । नेपाल र थाइल्याण्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेको छन् । पहिलो खेलमा दुवैले युएईलाई हराएका थिए । टी–२० आईमा नेपालले हाल सम्म थाइल्यान्डलाई हराउन सकेको छैन ।

दुई टोली बीच खेलिएका सबै ६ खेल थाइल्यान्डले जितेको छ। टेर्डथाई क्रिकेट मैदानमा दुई टोलीबिच यस अघि एक खेल खेलिएको छ । अन्तिम पटक दुई टोली यही फेब्रुअरीमा नेपालमा आयोजित त्रिकोणात्मक टी-२० आई सिरिजमा आमनेसामने भएका थिए। जहाँ थाइल्यान्ड क्रमशः ४ विकेट, ५ रन र ७ विकेटले विजयी भएको थियो ।

आज नेपाललाई थाइल्याण्डविरूद्ध ऐतिहासिक जित हात पार्ने अवसर हुने छ । प्रतियोगितमा थाइल्यान्डको ८ र नेपालको ७ अंक छ। आजको खेल जित्ने टोली एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालीफायर्समा पुग्ने छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्