वैदेशिक रोजगारीमा जाने १२ प्रतिशतले बढे
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १२ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०/८१ को १० महिनाको तुलनामा चालु आव २०८१र८२ को यो अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ११.९१ प्रतिशतले बढेको हो ।
गत आवको यो अवधिमा ६ लाख १२ हजार ९१० जनाले श्रम स्वीकृति लिएका थिए । चालु आवको यस अवधिमा छ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ । यो संख्या गत आवको तुलनामा चालु आवमा ७३ हजार ४०३ जनाले बढी हो ।
चालुु आव २०८१/८२ को १० महिनामा सबैभन्दा बढी सङ्ख्याले मंसिरमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । चालु आवको मङ्सिरमा ८४ हजार २२७ जना र सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएका थिए ।
विभागका अनुसार साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र कात्तिकमा ७० हजार ९९० जना श्रम स्वीकृति लिएर विदेशिएका थिए । यस्तै पुसमा ६७ हजार १५३, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

.gif)