sevenstartv.com ६ पुष २०८२, आइतवार

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

५ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । मोरङको रतुवामाई नगरपालिका-६ त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

आइतबार साँझ भएको दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी रतुवामाई नगरपालिका-५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो । मोटरसाइकल उनका छोरा रमेशले चलाएका थिए ।

प्रहरीका अनुसार आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ९०६० नम्बरको मोटरसाइकल आइतबार साँझ रतुवामाई-६ त्रिवेणी चोकमा कुकुरलाई जोगाउन खोज्दा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मेहता गम्भीर घाइते भएकी थिइन् । रंगेली अस्पताल पुर्याउनसाथ आइतबार साँझ ७ः१० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मृतकका छोरा २३ वर्षीय रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्