sevenstartv.com ६ पुष २०८२, आइतवार

वर्षाका कारण कान्ति लोकपथ अवरुद्ध

५ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । वर्षाका कारण हेटौंडा-काठमाडौ सडक खण्ड अन्तर्गत पर्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । वर्षाले बागमती खोलाको डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको हो । 

मकवानपुरको भिमफेदी गाउँपालिका९८ र ललितपुरको बागमती गाउँपालिका–२ स्थित दुई जिल्लाको सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट सवारी साधन आवत जावत गर्दै आएका थिए ।

डाइभर्सन बगाएर सवारी आवतजावत अवरूद्ध भएपछि सो स्थानमा प्रहरी टोली पुगेको र अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्