काठमाडौँको वनस्थलीबाट माइक्रो बस चोरी, एक जना पक्राउ
काठमाडौं । पार्किङमा राखेको अवस्थामा काठमाडौंबाट माइक्रोबस चोरी भएको छ ।
काठमाडौं महानगरपालिका–६ वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस प्रहरीले धादिङमा भेट्टाएको छ ।
उक्त माइक्रोबस स्याङ्जाको बिरुवा गाउँपालिका-१ घर भई काठमाडौंको वनस्थली बस्ने १९ वर्षीय सुदीप थापाले चोरी गरी धादिङ पुर्याएको अवस्थामा जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा बरामद गरिएको जनाइएको छ ।
प्रहरीले माइक्रोबस चोरीमा संलग्न थापालाई बिहीबार सार्वजनिक गरेको हो । उनीविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । थापाले गत वैशाख २९ गते बिहान पार्किङबाट माइक्रोबस चोरेर लगेको खुलेको छ ।

.gif)