पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते
काठमाडौं । पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै बस दुर्घटना हुदा २२ जना घाइते भएका छन् ।
स्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ३८८६ नम्बरको बस अनियन्त्रीत भएर दुर्घटना भएको हो । घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।
बसमा २६ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

.gif)