जावलाखेलकाे चिडियाखानाबाट रेड पाण्डा चोरी गर्ने प्रयास
काठमाडौं । ललितपुरको सदर चिडियाखानाबाट दुलर्भ रेड पाण्डा चोरी गर्ने प्रयास भएको छ । मंगलबार बेलुकी रेड पाण्डा चोरी गर्ने प्रयास भएको पाइएपछि जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी परेको छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले यसबारे प्रहरीले अनुसन्धान गरिरहेको पुष्टि गरे । स्रोतका अनुसार, रेड पाण्डा चोरी गर्न लागेको दृश्य क्लोज सर्किट ९सीसी० क्यामरामा समेत कैद भएको छ ।
स्रोतका अनुसार, यो घटना हुँदा चिडियाखानाका प्रमुख चाहिँ बिदामा थिए ।

.gif)