sevenstartv.com ६ पुष २०८२, आइतवार

पत्रकार फणि महतको निधन

३१ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । पत्रकार फणि महतको निधन भएको छ । 

विगत दुई वर्षभन्दा लामो समयदेखि ब्रेन ट्युमर रोगसँग लड्दै आएका ४० वर्षीय महतको गएराति साढे १० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका-४ निवासी महत दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए । 

चन्द्रपुरस्थित रेडियो सुप्रिमको सञ्चालक तथा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत उनी नेकपा एमाले निकट प्रेस चौतारीको मधेस प्रदेश अध्यक्षसमेत थिए । ब्रेन ट्युमरको समस्या देखिएपछि महतले भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराएका थिए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्