sevenstartv.com ६ पुष २०८२, आइतवार

आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

३० वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त गरी आरोहणमा गएका दुई फ्रान्सेली नागरिकमध्ये ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो ।

सिरीजङ्घा गाउँपालिका-८ स्थित कञ्चनजंघा हिमालको दक्षिणी धारबाट वैशाख २६ गते आरोहण सुरु गरेका उनीहरू वैशाख २७ गते राति करिब ११ बजे आठ हजार मिटरको उचाइमा पुगेका थिए । त्यही क्रममा श्वासप्रश्वासमा समस्या भई मार्गेटाको मृत्यु भएको जनाइएको छ । 

उनको शव समुद्री सतहदेखि करिब सात हजार ५०० मिटर उचाइमा रहेको जनाइएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्