sevenstartv.com १ पुष २०८२, मङ्गलवार

साफ यु-१९ च्याम्पियनशिप : नेपाल र भारतबीच प्रस्तिपर्धा

३० वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।  साफ यु-१९ च्याम्पियनशिपमा आज नेपाल र भारतबीच प्रस्तिपर्धा हुने भएको छ । भारतको गोल्डेन जुब्ली रंगशालामा खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

नेपाल र भारत दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । गत आइतबार भएको समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध ५-० को जित हात पार्दै नेपाल एक खेल अगाबै  सेमिफाइनलमा स्थान बनाएको थियो । भारतले श्रीलंकालाई ८(० को फराकिलो अन्तरले हराएको थियो । 

आजको खेलले समूह विजेताको टुंगो लाग्ने छ । समूह बी मा नेपाल, भारत र श्रीलंका रहेका छन् । भारत पनि यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ । समूह एमा बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् । बंगलादेश यस अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । बंगलादेशले भुटानलाई ३(० र माल्दिभ्ससँग २(२ गोलको बराबरी खेलेको छ । 

प्रतियोगिता अन्तरगत आजै भुटान र माल्दिभ्स भिड्नेछन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्