sevenstartv.com ६ पुष २०८२, आइतवार

मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् : प्रधानमन्त्री ओली

२९ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भनी कामना गरेका छन् ।

२५६९ औँ बुद्धजयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गरी उनले बुद्धका मार्गदर्शनले सबैको दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना गरेका हुन् । 

‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ।’ 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्