sevenstartv.com ६ असार २०८२, शुक्रवार

आर्थिक बजेटमा संविधानको सीमाभित्र रहेर काम गर्नुपर्ने अर्थमन्त्री पौडेलको जोड

विगतका सरकारले बजेटले धान्नै नसक्ने गरी ल्याएकोमा टिप्पणी

२७ वैशाख २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडलेलले बजेटमा लक्षित योजनाहरु कार्यान्वन गर्न संविधानको सीमाभित्र रहेर काम गर्नुपर्ने बताएका छन् । 
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले बजेट निर्माणका लागि संविधान सबैभन्दा महत्वपूर्ण दस्ताबेज भएको बताए । उनले सरकारले नीति तथा कार्यक्रममार्फत प्रश्तुत गर्ने कार्यक्रमहरु कस्ले कार्यान्वयनमा लैजाने भन्ने कुरा अधिकारको सूचिमा प्रष्ट पारिएको बताएका छन् । 

उनले देशको बार्षिक बजेट संघ सरकारले तयार गर्ने भएपनि संघले कार्यान्वन गर्ने कार्यक्रमहरु अत्यन्त न्युन भएको बताए । बजेटमा उल्लेखित कार्यक्रमहरुमध्ये प्रदेश र स्थानीय सरकारले कार्यान्वयनमा लैजाने कार्यक्रमहरु अत्यधिक भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्