sevenstartv.com १९ असार २०८३, शुक्रवार

गुडिरेहको बसमा आगलागी

२७ वैशाख २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका-१६ कयरखोलानजिकै गुडिरेहको बसमा आगलागी भएको छ । 

गएराति पौने ११ बजे पर्साबाट चितवनको पिठुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०१८८ नम्बरको गुडिरहेको बसमा अचानक आगो लागेको हो । आगलागीबाट बसमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

बस चितवन शक्तिखोर बस्ने ५२ वर्षीय कुल बहादुर रायमाझीको रहेको र चालक पनि उनी आफै रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण  खुल्न सकेको छैन ।बसमा चालक मात्रै रहेका थिए । आगो राति नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

यो पनि पढ्नुहोस्