sevenstartv.com ६ पुष २०८२, आइतवार

बाजुरामा विस्फोट हुँदा एक महिलाको मृत्यु

२७ वैशाख २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका-७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किंदा मृत्यु भएको हो । 

जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि कोल्टी अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका हुन् ।

विस्फोटको कारण खुल्न नसकेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्