sevenstartv.com ५ पुष २०८२, शनिवार

क्यानडालाई पराजित गर्दै नेदरल्याण्ड्स शीर्षमा उक्लियो

२ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । क्यानडालाई पराजित गर्दै नेदरल्याण्ड्स विश्वकप लिग टु सिरिजको शीर्ष स्थानमा उक्लिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत  नेदरल्याण्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको जारी छ ।

त्रिकोणत्मक सिरिजको चौथो खेलमा घरेलु टोलीले क्यानडामाथि जित हात पारेको हो ।  नेदरल्याण्ड्सको हजेलारवेग, रोटरडैम भएको खेलमा घरेलु टोलीले क्यानडामाथि ६३ रनको जित हात पारेको हो । नेदरल्याण्ड्सले दिएको २ सय २१ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडाले ३५ दशमलव ४ ओभरमा अल आउट हुदै १ सय ५७ रन बनायो । 

क्यानडाका लागि विकेटकिपर ब्याटर श्रेयस मोभ्भाले ७२ बलमा अविजित रहँदै सर्वाधिक ४७, ओपनर ओरोन जोनसनले ३२, अर्का ओपनर दिलप्रित बाज्वाले २० रन जोडे । कप्तान साद विन जाफरले २३ बलमा १२, डेलिन हेलिङ्गरले २० बलमा १४, प्रगत सिंहले ५ रन जोडे । नेदरल्याण्ड्सका पल भान मेकरमले ५ विकेट लिए । भिभियन किंग्माले ३ तथा आर्यान दत्त र शरिज अहमदले समान १ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएकोनेदरल्याण्ड्सले ४७ दशमलव २ ओभरमा २ सय २० रन बनाउदै अल आउट भयो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवाडर्सले सर्वाधिक ७२ रन जोडे । उनले ९४ बलमा ३ चौका प्रहार गरेका थिए । नोह क्रोसले ४४ बलमा ३१, विक्रमजित सिंहले २३ बलमा २५, म्याक्स ओडाउडले २७ बलमा १८, काइल क्लेनले १५ बलमा १० तथा शरिज अहमदले २७ बलमा १९ रन जोडे ।

क्यानडाका लागि कलिम सानाले ४, हर्ष ठाकर र डेलिन हेलिङ्गरले समान २ तथा जुनैद सिद्धिकी र कप्तान निकोलस किर्तनले समान १ विकेट लिए । ८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्याण्ड्स ७ खेलमा १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्