sevenstartv.com ६ पुष २०८२, आइतवार

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरुः सञ्चारमन्त्री

२४ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै शुरु भएको बताउनुभएको छ ।  बुधवार गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नोटबाहेकका सबै छपाईका सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको बताउनु भयो । जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उहाँको भनाइ छ । पासपोर्टलगायत सुरक्षाका कुनैपनि सामग्री छपाईका लागि अब विदेश जानु नपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘बैंक नोटबाहेक सबै चिज उत्पादन गर्न सक्ने प्रिन्ट गर्नसक्ने प्रिन्टिङ प्रेसको प्रवन्ध भइसकेको छ । म्यान पावरको हिसावले प्रवन्ध गरेर, वित्तीय व्यवस्थापन गरेर हामी त्यो काम गर्दैछौँ । अबदेखि यस्ता चिजहरु छाप्नका लागि विदेश जानुपर्दैन । त्यो काम मन्त्रालयले शुरु गरिसकेको छ ।

मन्त्री गुरुङले चलचित्र विकास बोर्डको पुरानो ऐन विस्थापित गरेर नयाँ बनाउने प्रक्रिया शुरु गरेको बताउनु भयो । उहाँले बोर्डको नयाँ ऐन दर्ता भइसकेकाले पास भएर छिट्टै सञ्चालनमा ल्याइने बताउनु भयो । उहाँले चलचिलत्र विकास बोर्डको आफ्नै स्वामित्वको भवन निर्माणको काम समेत भइरहेको बताउनु भयो । चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गरी राजश्व आर्जनको महत्वपूर्ण क्षेत्र बनाउने उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, ‘यो वर्षभित्र मन्त्रालयलाई धेरै कुरामा दुरुस्त बनाउँदै छौँ । चलचित्र विकास बोर्डको पूरानो ऐन थियो त्यसलाई हामीले दर्ता भइसक्या छ, त्यो पास हुन्छ । त्यसको यही वर्षदेखि बिल्डिङ बनाउने काम शुरु हुन्छ । आफ्नै स्टुडियो भवन हुन्छ । त्यसले चलचित्र विकासको क्षेत्रमा भएको अरु धेरै विकृतिहरुलाई हटाउँदै लगेका छौँ हामीले । र ठूलो राजश्व आर्जन गर्ने ठाउँमा पुगेका छौँ र इन्डस्ट्रिजलाई डेभलभ गर्ने कुरामा हाम्रो मन्त्रालय अघि बढि सकेको छ । कोमामा परेको थियो त्यो,मृत प्रायः थियो । भेन्टिलेटरमा राख्या थियो त्यहाँबाट निकालेर अहिले काम गर्ने ठाउँ बनाएको छौँ त्यसलाई । सञ्चारमन्त्री गुरुङले जनताको हकहितलाई सुनिश्चत गर्ने राज्यको दायित्व भएकाले संघीय लोकतन्त्रान्त्रिक गणतन्त्रको मूल्य मान्यता बचाउनका लागि गोरखापत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्