sevenstartv.com ५ पुष २०८२, शनिवार

‘केई एक्सचेन्ज कर्निभल २०८२’ वैशाख २६ गतेदेखि

२४ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । इलेक्ट्रिक मोबिलिटीलाई प्रोत्साहन गर्न लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले  ‘केई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन् । वैशाख २६-२८ (मे ९-११) मा काठमाडौंको थापाथलीस्थित केइ शोरुममा आयोजना हुने कार्निभलमा सहभागीले ६ लाख ५ हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।

कार्निभलमा पुराना गाडीको मूल्यांकन गराउन सकिने कम्पनीले जनाएको छ । यसका साथै क्यास डिस्काउन्ट, इन्स्योरेन्स तथा सडक करको सम्पूर्ण खर्च कम्पनीले ब्यहोर्ने बताइएको छ। हरेक मूल्यांकनमा सहभागीले दुई क्यूएफएक्स सिनेमा टिकट प्राप्त गर्नेछन् ।

एक्सचेन्ज अफर अन्तर्गत ग्राहकहरुले ई-क्युट ०२ र ०४ मोडलका कारहरूमा विशेष छुट तथा बोनस र एक्स ३ प्रो इभी बुकिङ गर्दा ग्राहकले बोस्च वासिङ मेसिन र ई-क्युट गाडी खरिदमा बोस्च जेट कार वासर प्राप्त गर्नेछन् ।

एक्स-३ प्रो एसयूभीको मूल्य ४३ लाख ९६ लाखदेखि सुरु हुने र यसमा अधिकतम ६ लाख ५ हजार रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ । संगीत र खेल गतिविधिले भरिएको यो कर्निभल विद्युतीय कार प्रेमीका लागि रमाइलो अवसर हुने कम्पनीको विश्वास छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्