sevenstartv.com ६ पुष २०८२, आइतवार

प्रधानमन्त्रीले दिए पत्रकारिता दिवसकाे शुभकामना

२४ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेका छन् । ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’मा उनले  सामाजिक सञ्जालमार्फत  पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ ।  सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो ।

विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्