sevenstartv.com ६ पुष २०८२, आइतवार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२४ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । आज ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ ।

सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।

‘विश्वसनीय सूचनाको आधार स् जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाइँदैछ । पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्