आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर सार्वाजनिक गरेको छ । अमेरिकी डलर एकको खरिददर १३४ रुपियाँ ८० पैसा र बिक्रीदर १३५ रुपियाँ ४० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ७० पैसा र बिक्रीदर १५३ रुपियाँ ३८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपियाँ १४ पैसा र बिक्रीदर १८० रुपियाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ ४० पैसा र बिक्रीदर १६४ रुपियाँ १३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ०५ पैसा र बिक्रीदर ८७ रुपियाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ५८ पैसा र बिक्रीदर ९८ रुपियाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ५६ पैसा र बिक्रीदर १०५ रुपियाँ ०२ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६८ पैसा र बिक्रीदर १८ रुपियाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ९४ पैसा र बिक्रीदर ३६ रुपियाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ९८ पैसा र बिक्रीदर ३७ रुपियाँ १५ पैसा तोकेको छ ।
साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७६ पैसा र बिक्रीदर नौ रुपियाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ०१ पैसा र बिक्रीदर १४ रुपियाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ४६ पैसा र बिक्रीदर २० रुपियाँ ५५ पैसा तोकिएको छ । भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

.gif)