sevenstartv.com ६ पुष २०८२, आइतवार

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

२४ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौैं । बागमती प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको हो । प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिएको जनाइएको छ । 

गत वर्ष वैशाख २४ गते प्रदेश सरकारी कामकाजी भाषा ऐन-२०८० कार्यान्वयन भएको थियो । यससँगै नेपालीसँगै नेवार र तामाङ भाषालाई पनि बागमती प्रदेशको सरकारी कामकाजी भाषा बनेको थियो ।

दिवसका अवसरमा बुधबार बिहान संघीय राजधानी काठमाडौंको शान्तिबाटिका र प्रदेश राजधानी हेटौँडामा कार्यक्रम हुँदैछ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्