बार्सिलोनासँग भ्यालेन्सिया पराजित
काठमाडौं । बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि २-१ को जित निकालेको छ । नयाँ प्रशिक्षकका रूपमा ह्यान्सी फ्लिक आएयता बार्सिलोनाको यो पहिलो खेल हो । भ्यालेन्सियाले ह्येगा डुरोको गोलमा सुरुआती अग्रता लिएको थियो ।
लेवनडोस्कीले पहिलो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा बराराबी गोल गरे । त्यसका लागि लामिन यामलले पास उपलब्ध गराएका थिए । उनले ४९ औं मिनेटमा पेनाल्टीबाट विजयी गोल गरे ।
राफिन्हालाई बक्समा लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको हो । ओसासुना र लेगानसले १–१ को बराबरी खेलेका थिए ।

.gif)