sevenstartv.com ६ पुष २०८२, आइतवार

प्रदीप नेपालको निधन

२३ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ । उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित थिए ।

लेखक तथा साहित्यकारसमेत रहेका नेपाल सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य क्षेत्रमा चिनिएका थिए। नेपाल एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री समेत बनेका थिए । नेपाल शिक्षामन्त्रीसमेत बनेका थिए ।

स्वास्थ्यमा समस्या आएपछि पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्