sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

भोजपुर जाँदै गरेकाे बस दुर्घटना, एक जनाको मृत्यु, १४ घाइते

२२ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । धरानबाट भोजपुरको दिङ्ला गइरहेको बस सोमबार बिहान धनकुटामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

धनुकटा नगरपालिका-६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो । धनुकटा नगरपालिका-६ गोलाईनजिकै को १ ख २१७७७ नम्बरको बस ब्रेक फेल भएर सडकबाट तल झरेको हो ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्