sevenstartv.com ६ पुष २०८२, आइतवार

मेलम्ची खानेपानी वितरण बन्द

२१ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण बन्द गरिएको जनाएको छ ।

केयूकेएले आज एक सूचना जारी गर्दै मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएकाले अर्को सूचना जारी नभएसम्मका लागि पानी वितरण बन्द गरिएको जनाएको हो । 

लिमिटेडले वितरण रोकिँदा हुने असुविधाप्रति क्षमा मागेको छ । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गरिएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्