बाढीले बागमती खोलाको डाइभर्सन बगायो
काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बागमती खोलाको डाइभर्सन बगाएको छ ।
कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ ।
अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ । प्रहरीले यात्रीलाई हेटौँडाबाट काठमाडौं जान अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

.gif)