कान्ति लोकपथ अवरुद्ध
काठमाडौं । अविरल वर्षाका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ ।
वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि आइतबारबिहान ६ः०० बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको छ । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ ।

.gif)