नेपाल-भारत सीमा अतिक्रमण जारी, महोत्तरी जिल्लाको छोटी भन्सारमा भारतीय पक्षले हटाए सीमा स्तम्भ
दोषी उपर कारबाही गर्न स्थानीयको माग
काठमाडौं । नेपाल-भारत सीमा जोडिएको महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नं. ६ र जलेश्वर नगरपालिका वडा नं. ८ स्थीत छोटी भन्सार क्षेत्रमा सीमा अतिक्रमण भएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
नेपाल सरकारको नापी विभागबाट गरिएको नापी अनुसार उक्त सिमानामा पिल्लर नं. ३७९/१ देखि पिल्लर नं. ३७९/९ सम्मको जग्गा नेपालकै भूभागमा पर्दछ।
तर भारतीय पक्षले उक्त सीमा स्तम्भहरू हटाई नेपाली भूभागमा करिब ३३ फिट भित्र सडक निर्माण गरेको स्थानीयको गुनासो छ । भारतीय पक्षबाट भएको उक्त अतिक्रमणका कारण छोटी भन्सारका स्थानीय बासिन्दाहरूलाई ठूलो असुविधा भएको भन्दै आक्रोस ब्यक्त गरेका छन् ।
साथै, नेपाली भूभागमा अतिक्रमण गरी बनाइएको सडकका कारण हुलाकी राजमार्गको निर्माण कार्यमा समेत अवरोध पुगेको भन्दै आफुहरुलाई थप मर्का परेको बताएका छन् । हालसम्म कुनै निकायबाट यस समस्याको समाधान नभएको भन्दै आवश्यक छानबिन गरी दोषी उपर कारबाहीको माग समेत स्थानीयले गरेका छन् ।

.gif)