sevenstartv.com ५ पुष २०८२, शनिवार

नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा

२ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप २०२४ आजदेखि काठमाडौंमा सुरु हुने भएको छ ।  एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्नेछ । 

घरेलु मैदानमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । नेपालले अन्डर एटिन र अन्डर नाइन्टिन साफ च्याम्पियनसिप जिते पनि यू-२० उमेर समूहको प्रतियोगिता भने जित्न सकेको छैन ।  हिजो भएको प्रि-म्याच कन्फरेन्समा सहभागी सबै ६ देशले आफ्नो टोली च्याम्यिन बन्ने दाबी गरेका छन् ।

प्रतियोगितामा सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।  नेपाल सम्मिलित समूह एमा श्रीलंका र बंगलादेश छन् भने समूह बीमा भारत, भुटान र माल्दिभ्स छन् । 

नेपालले दोस्रो खेलमा भदौ ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको पहिलो सेमिफाइनल भदौ ९ गते र दोस्रो सेमिफाइनल भदौ १० गते हुने छ । फाइनल भने भदौ १२ गते हुने तालिका छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्