sevenstartv.com १ पुष २०८२, मङ्गलवार

टियू क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने घोषणा

१९ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सरकारले त्रिभूवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने घोषणा गरेको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बएका हुन् ।  उनले रङ्गशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानूनी व्यवस्था मिलाइने बताए । 

खेलकुदलाई नीजिक्षेत्रका संस्थागत, सामाजिक र उत्तरदायित्वसँग जोडिने उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय पदकप्राप्त खेलाडी र उनीहरुका सन्ततिहरुलाई अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था मिलाइने समेत बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्