sevenstartv.com ६ पुष २०८२, आइतवार

सूचना प्रविधिको क्षेत्रबाट प्राप्त हुने राजश्वको क्षेत्र व्यापक छ : मन्त्री गुरुङ

१९ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रबाट प्राप्त हुने राजश्वको क्षेत्र व्यापक भएको बताएका छन् । 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाल नेपालमा वार्षिक ३० अर्ब बराबरको विज्ञापन बजार भएको बताएका हुन्  । 

उनले विज्ञापन बोर्डको स्थापनापछि विज्ञापनको कारोबारबाट वार्षिक दुईदेखि तीन अर्ब राजश्व उठ्ने गरेको बताएका छन् । उनले राजश्व बढाउन विज्ञापन नीति तथा ऐन सुधार गर्नुपर्ने बताए । 

संघ, प्रदेश र स्थानीय पालिकासँग समन्वय गरेर विज्ञापन बजार व्यस्थित बनाउँदा २५ देखि ३० अर्ब राजश्व उठाउन सकिने उनको भनाइ छ । उनले हुलाक सेवालाई डिजिटल प्रविधिमा रुपान्तरण गरी सेवा दिने तयारीमा सरकार रहेको बताए । डिजिटल सेवा सबैभन्दा सजिलो छिटो र भरपर्दो भएकाले सबैले विश्वास गर्ने उनको भनाइ छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्