sevenstartv.com ६ पुष २०८२, आइतवार

जसपा नेत्रीले पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल

१८ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको  छ ।

बुधबार सामाजिक सञ्जालमा बाहिरिएको उक्त भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ ।

पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि यसबारे अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । अहिलेसम्म उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने केही खुलिसकेको छैन् । 

सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्