सेती प्रादेशिक अस्पतालकाे तेस्रो तलाबाट हामफाल्दा मिर्गौला पीडित बिरामीकाे घटनास्थलमै मृत्यु
काठमाडौं । सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफाल्दा घटनास्थलमै मृत्यु भएको छ ।
प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् ।
उनी हामफोलेको ठाउँबाट अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरे । मिर्गौला पीडित सिंहले प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए ।
सोमबार पनि डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन् । एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासी तेस्रो तलाबाट हामफालेको देखिएको अस्पतालले जनाएको छ ।

.gif)