sevenstartv.com ६ पुष २०८२, आइतवार

महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो

१६ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ स्थित बालाजुमा एकजना महिलाले आफैँलाई आगो लगाएकी छन् ।

सुकुम्वासी जागृत टोलमा बस्ने ४५ वर्षीय बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ ।  श्रीमानसँग विवाद भएपछि उनले आगो लगाएको थाहा भएको छ । 

गएराति पौने १० बजेतिर शरीरमा आगो लगाएपछि परिवारको सदस्यहरूले उनलाई नयाँ बजार स्थित पिपल्स अस्पताल लगेका थिए ।  चिकित्सकका अनुसार उनको पेट, छाती र बायाँ हातमा करिब २५ प्रतिशत जलन भएको छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्