संघीय व्यवस्था अनुरुपको विकास निर्माण हुन सकेनः नेतृ कोईराला
काठमाडौं । नेपाली काँग्रेसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोईरालाले मुलुकमा संघीय व्यवस्थाअनुरुपको विकास निर्माण हुन नसकेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तीन तहको सरकार भएर पनि विकासले भने गति लिन नसकेको बताउनुभएको हो । मुलुकको अर्थतन्त्र बलियो नभएसम्म मुलुक बलियो नहुने जिकिर गर्नुभयो । उहाँले विकास गाउँबाट हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले चीनमा विपीले परिकल्पना गर्नुभएको नगर भेट्टाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ जबसम्म मुलुकको अर्थतन्त्र बलियो हुँदैन, तबसम्म मुलुक बलियो हुनसक्दैन । त्यसैले वीपी कोइरालाले भनेझैं गाउँबाट विकास हुनुपर्छ । भर्खरै म चीन भ्रमणमा जाँदा त्यहाँको स्थानीय तहले कसरी सरकारसँग तालमेल गरेको छ भन्नेकुरा चीनको एक नगरको भ्रमणका क्रममा आपूmले देखेको र सो नगरको कार्य देखेर आपूmले विपीको परिकल्पनाको नगर भएको पाएको छु ।
कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली काँग्रेस सांसद नारायणप्रकाश साउदले प्रश्न उठाउने व्यक्तिको सम्मान हुन छाडेको बताउनु भयो । उहाँले विपी कोईराला प्रश्न सुन्नसक्ने र त्यसको जवाफ दिनसक्ने नेताको रुपमा पाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विपी कोईरालाबाट धेरै संस्कार सिक्नुपर्ने हुन्छ । उहाँले स्मरण गर्नुभयो जय वागेश्वरीमा विद्यार्थीको टोलीसँग भेटघाटका क्रममा सामान्य तरिकाबाट गाउँगाउँबाट आएकाहरुसँग भेटघाट र सवाल जवाफ गर्नसक्ने व्यक्ति हुनुहुन्थ्यो । जब जनमत संग्रह हारेसँगै उहाँले राजाले चुनाव घोषणा गरिसकेपछि उग्र प्रतिक्रिया नदिएको र उहाँ राजनीतिको सुक्ष्म अध्ययन गर्नसक्ने व्यक्तित्व हुनुहुन्थ्यो ।’
साउदले प्रजातन्त्र प्राप्तिपछि काँग्रेसले गरेको सरकार सञ्चालनका समयमा मुलुकको भविष्यको चिन्तनसहितका कार्यक्रम ल्याउन नसकेको स्वीकार गर्नुभयो ।

.gif)