sevenstartv.com ६ पुष २०८२, आइतवार

उपचारका लागि छुटेका धवल राजावादी आन्दोलनमा भेटिए

१५ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका राप्रपाका महामन्त्री धवल शम्शेर राणा पनि राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा सहभागी भएका छन् ।

उनी राप्रपा नेपालले सोमबार भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा सहभागी भएका हुन् ।

चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा आयोजना गरेको हिंसात्मक आन्दोलनमा सहभागी धवलशम्शेरलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई स्वास्थ्य उपचारका भन्दै उनी यही वैशाख ७ गते हाजिरी जमानीमा छुटेका थिए ।

उनीसँगै पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने थुनामै छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्