sevenstartv.com ६ पुष २०८२, आइतवार

बसको ठक्करबाट एक जनाको मृत्यु

१५ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-८ स्थित सडकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको बसको ठक्करबाट पैदलयात्री पर्साको सखुवा पर्सौनी गाउँपालिका-३ कटैया निवासी ३६ वर्षीय परबेज अन्सारीको मृत्यु भएको हो । 

बसको ठक्करबाट गम्भीर घाइते अन्सारीको हेटौँडा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने बस र चालक उदयपुरको कटारी नगरपालिका-२ निवासी ३९ वर्षीय युवराज माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्